देश

सिराहामा अवैध चाँदीसहित २ जना पक्राउ गरेको छ

जगत ठाडा मगर
२०७८ असार २४ | बिहान ०७:०३ बजे

बिनोद मण्डल

सिराहा । सिरहाको भगवानपुर गाउँपालिका वडा नं 1 स्थित हुलाकी सडक खण्डमा प्रहरीले अबैध चाँदीसहित २ जना पक्राउ गरेका छन् ।

अस्थायी प्रहरी चौकी भगवानपुर सिरहाबाट खटिएको प्रहरी टोलीले चेक जाच गर्ने क्रममा प्र 2- 0044 प 1321 नम्बरको बाईकमा सवार दमक नगरपालिका वडा नं 3 झापाका 28 वर्षिय मन प्रसाद गदाली र सिराहा गोलबजार नगरपालिकाको वडा नं 3 बस्ने 27 वर्षिय श्याम बिक अवैध चाँदीको गरगहना सहित पक्राउ परेका छन् ।

करिब 9 लाख मूल्य बराबरको चाँदी सहित समातिएका दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ

कमेन्टहरु