देश

लहान अस्पतालको भौतिक संरचनामा रुख बिरुवा

जगत ठाडा मगर
२०७८ असार २३ | मध्यान्ह ०८:०३ बजे

बिनोद मण्डल
सिराहा । सिरहाको लहान नगरपालिका अन्तर्गत पुर्व पस्चिम लोकमार्ग सँगै रहेको सरकारी अस्पतालको भवनहरूमा पिपलको बिरुवा पलबित भएको छ ।

photo 2021 07 07 20 29 49

संरक्षणको अभावमा अस्पताल परिसरमा वनमारा घारी र काम नलाग्ने अस्पतालका सामानहरू परिसरमा अव्यवस्थित रुपमा फालिएका छन् भने बिरामीलाई सेवा दिने कोठाको तथा नर्स बस्ने कोठाको माथिल्लो भागमा रुख बिरुवाहरू उम्रिन थालेका छन् ।

अस्पताल परिसरमा बिरामीका बेड , सामान लापरवाही तवरले यत्र तत्र फालिएका अवस्थामा रहेका छन् भने अस्पतालको शव गृहको बाटो र कोठा अगाडिको फोहोरले गर्दा बिरामी नीको होइन बिरामी भएर घर फर्किने निश्चित छ ।

photo 2021 07 07 20 29 50

अस्पतालको उत्तरतिरका भवनमा पिरालुको बन रहेको छ भने बिरामीका लागि प्रयोग गरिएको सामग्रीहरू जथाभावी फालिएको अवस्थामा अस्पताल प्रशासन मौन रहेको छ ।

कमेन्टहरु