बाढीको जोखिम पार गर्दै स्थानियहरु


बिनोद मण्डल
सिरहा । सिरहाको उत्तरी भेगमा पर्ने साविक गाउँविकास समिति विष्णुपुरकटी ७ तथा हाल धनगढीमाई १२ स्थित रहेको सरे खोला वर्षाको समयमा अभिषाप साबित हुने गरेको छ ।
वर्षाकालमा पानी शिरमा पर्दा बाढी आउने खहरे खोलाको विडम्बना लामो छ । खोला पारीका बस्तिहरु सिमलटोकी, रनहा, खप्टे डाँडा, गडमे, मडयान, आहाले, बगर टोल लगायतका स्थानमा उलेख्य जनसंख्या रहेको छ । यस ठाउँका प्रमुख बाटो एक मात्र विकल्प सरे खोलाको बाटोमा पुल नभएपछि स्थानिय बासीहरु वर्षाको समयमा जोखिम मोल्न बाध्य भएको हो ।
बाढी वर्षा याममा लगातार आइरहने भएकोले आवत जावतमा कठिनाई उत्पन्न हुन्छ । बिरामी मानिसहरूको लागि अस्पतालको आकस्मिक सेवाहरु लिन पुर्व पछिम राजमार्गको पहुँचबाट ७ किलोमीटर दुरीमा रहेको यस बस्तीसम्म पुग्न सरे खोलामा पुल नहुँदा अकालमा ज्यान गुमाउन बाध्य पारिने स्थिति सिर्जना भएको अवस्थामा स्थानिय सरकार, प्रदेश सरकार, केन्द्रिय सरकार आँखा बन्द गरेको छ ।
पटक पटक सरे खोलामा पुलको लागि सर्भे र इसटीमेट तयार हुँदापनि किन सरे खोलामा पुलको काम अगाडि नआएको हो भन्दै स्थानिय चिन्तित बनेका छन् । सरे खोलामा पुल नहुँदा घण्टौं खोला किनारमा बस्नुपर्ने अवस्था छ । बाढी कम भएपछि आवत जावत हुने यस खोलामा बाढी नआउँदा समेत बालुवामा गाड़ी र पैदयात्रीलाई सहजता महसूस हुने गरेको स्थानियको भनाइ रहेको छ ।
जुन जोगी आए पनि कानै चिरेका भन्ने उखान सरे खोलाको विवशताले स्पष्ट बुझ्न सकिन्छ । गाउँ गाउँमा सिंह दरवार भन्ने कुराको ख्याल यतिबेला अाम मानिसले गर्न सकेको छैन । स्थानिय स्तरमा उब्जनी हुने कृषिजन्य उत्पादनहरू समयमा सरे खोलाको पुल अभावमा स्थानिय धनगढी बजारमा पुग्न नसक्दा लाखौंको किसानहरूको बालीनाली क्षति हुने गरेको किसानहरु बताउँछन् । वर्षेनी दैनिक जीवनमा कठिनाई उत्पन्न भएतापनि सम्बन्धित निकाय मौन बसेको बर्षौ भएको र समाचार सम्प्रेषण हुँदा पनि सम्बन्धित निकाय नगरपालिका मौन बस्नु चिन्ताको विषय बनेको छ ।























