घटना

बझाङका एकजना भारतको केरलामा मृत फेला

प्रशान्त बोहरा
२०८१ कार्तिक २५ | मध्यान्ह ०१:०७ बजे

बझाङ । बझाङका एक जना भारतको केरालामा मृत फेला परेका छन । बझाङकाे बुंगल नगरपालिका- ७ डाँडागाउँ पुर्खेउली घरभइ हाल डडेलधुरा बस्दैँ आउनुभएका अन्दाजी २५ बर्षका नरेश बाेहरा आज बिहान भारतकाे केराला बाइनाड जिल्लाकाे मान्थभाडी भन्ने ठाउँमा मृत भेला परेका हुन ।

करिब ३/४ बर्षदेखि राेजगारीकाे सिलसिलामा भारतकाे केरालामा श्रीमती र २ छाेरासहित बस्दै आउनुभएका बाेहरा आज बिहान एक्कासी मृत फेला परेका पारिवारिक स्राेतले जनाएकाे छ ।

घटना शंकास्पद रहेकाेले मृत बाेहराले आफैँले आत्महत्या गरेकाे हाेकी हत्या गरेकाे हाे भन्ने बिषयमा थप अनुसन्धान भइरहेकाे भारतीय प्रहरी जानकारी दिएको छ ।

कमेन्टहरु