सन्धिखर्क ८ को गाँजरीदेखि एक विवाहित महिला ८ बर्षिया छोरी सहित झन्डै २६ लाख हिनामिना पारि बेपत्ता


अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर–८ गाँजरी निवासी टोप बहादुर सुनारकी २७ बर्षिया श्रीमती अञ्जना सुनार ४ दिनदेखि बेपत्ता रहेकी छिन। बेपत्ता हुने अञ्जना सुनार यही गत मिति २०७८ साल असार १७ गते बिहिबार मध्यराति करिब १२ बजेको समयमा आफ्नी ८ बर्षिया नाबालिका छोरीलाई संगै साथमा लिएर घरदेखि एकाएक बेपत्ता भएको अञ्जना सुनारका श्रीमान् टोप बहादुर सुनारले अर्घाखाँची बुलेटिनलाइ जानकारी दिएका छन्।
बिगत ४ दिन देखि आफ्नी श्रीमती र ८ बर्षिया छोरी अनुष्का सुनार एकाएक घर बाट बेपत्ता हुँदा निजका श्रीमान एकदमै चिन्तित रहेका छन्। बेपत्ता रहेकी अञ्जना र अनुष्का सुनारलाई घर परिवारले जताततै खोजीनिधि गर्दा पनि अत्तोपत्तो नलागेपछि आफुले मिडियालाई खबर गरेको उनि बताउँछन्।
बेपत्ता हुने अञ्जना सुनारका श्रीमान बिगत ३ बर्ष देखि रोजगारीको शिलशिलामा कुवेतमा कार्यरत रहेका छन्। यता आफ्नो श्रीमान विदेश रहेको मौका छोपी श्रीमानले विदेशमा पसिना बगाएर कमाएर पठाएको झन्डै १७ लाख रुपैँया र गाउँका समुह /संघसंस्थाबाट श्रीमान् संग झुटो बोल्दै लिएको ४ लाख साथै ५ लाख बराबरका गरगहना सहित करिब २६ लाख जति कुम्ल्याएर ४ दिन देखि अञ्जना सुनार आफ्ना श्रीमान् र घर परिवारबाट सम्पर्क विहीन रहेकी छिन।

अञ्जना सुनारका श्रीमानले अर्घाखाँची बुलेटिनलाई जानकारी दिए अनुसार श्रीमान/श्रीमती विवाह बन्धनमा बाधिएको ११ बर्ष सम्म सम्बन्ध राम्रै रहेको बताउँछन्। तर सम्बन्ध राम्रो हुँदा हुँदै पनि आफ्नी श्रीमती नाबालिका छोरी र झन्डै २६ लाख रुपैँया लिएर बेपत्ता हुँदा आश्चर्यचकित परेका छन्।
बेपता हुने अञ्जनाका सुनारका श्रीमानले आफ्नो फेसबुकबाट पोष्ट गरेको स्टाटस जस्ताको तस्तै
माथि तस्विरमा देख्नुहुने अञ्जना सुनार र निजकी ८ बर्षिया छोरी अनुष्का सुनारलाइ कहिँ कतै देख्नुहुने महानुभावहरुले तुरुन्तै नजिकको प्रहरी कार्यालय वा – 9844780804 बाबुराम सुनारको मोबाइल नम्बरमा तुरुन्तै सम्पर्क गरिदिनहुन हार्दिक अपिल गर्दछौँ।























