घटना

नवलपरासीको प्रतापपुर खैरेनीमा बसमा चढ्ने क्रममा खस्दा घाईतेको मृत्यू

नवलपुर टुडे
२०८१ कार्तिक २४ | मध्यान्ह ०६:०७ बजे
सांकेतिक तस्विर

नवलपरासी । पश्चिम नवलपरासीमा बसमा चड्ने क्रममा खसेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो अन्दाजी १४:२० बजे प्रतापपुर गाउँपालिका- ९ खैरेनी स्थित त्रिबेणीदेखि बर्दघाटतर्फ जादै गरेको लु १ ख ३६६३ नम्बरको बसमा सोही स्थान बस्ने अन्दाजी ३४ बर्षको जगदीश थारु बसमा चढ्ने क्रममा बसबाट खसि घाईते भएका थिए ।

उनलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागी भैरहवा मेडिकल कलेज रुपन्देही रिफर भएकोमा दिउँसो ४ बजे उपचारको क्रममा मृत्यु भएको अस्पताल श्रोतले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी रेशम बोहराले जानकारी दिएको छ ।

बस चडने क्रममा बसबाट खस्ने स्थानमा प्रहरी टोली खटिगई बस र बस चालकलाई नियन्त्रणमा लिएको र ।मृतकको शब पोष्टमार्टमका लागि भैरहवाबाट पृथ्वी चन्द्र अस्पताल परासी ल्याउदै, सो घटना सम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको बोहराले बताए ।

कमेन्टहरु