देश

डिआइजीको आगमन साथ बदनाम घुमुवा हटाइयो, बिचौलियामा बिच्चली

जगत ठाडा मगर
२०७८ असार २३ | बिहान ११:०३ बजे

रंजित चौरसिया
पर्सा, २३ असार । प्रदेश प्रहरी कार्यालयबाट घुमुवामा खटदै आएको श्याम सुन्दर साह (सोनार)लाई डिआइजी उमेश रन्जितकारले हटाएपछी बिचौलियाहरूमा बिच्चलीको अवस्था शृजना भएको छ । पर्सा जिल्लामा नेपाल र भारतको सीमा हुँदै हुने अबैध कारोबार मिलाउने कार्य बिचौलिया र प्रदेश प्रहरी कार्यालयबाट खटिने घुमुवा प्रहरी हवलदार श्याम सुन्दर साह(सोनार)ले मिलाउने गरेको कारण डिआइजी रन्जितकारको आग्मनसाथ बदनाम घुमुवालाइ हटाएपछी बिचौलियामा बिच्चलीको अवस्था शृजना भएको हो ।

प्रदेश प्रहरी कार्यालयमा डिआइजी उमेश रन्जितकारको आग्मन हुदा तस्कर र अपराधी क्रियाकलाप गर्ने ब्यक्तीका साथै बिचौलियाहरूमा समेत त्रास भएको हुन सक्ने प्रहरी श्रोतले बताएका छन । तर यता बिचौलियाको काम गर्दै आएका नाम परिवर्तन भएको चुन्द्रे मुन्द्रेले आफ्नो पेशालाइ बदनाम गर्दै तस्कर र प्रहरीको सेटिङ्ग मिलाउने कार्य गर्दै आएका थिए । जसका कारण चुन्द्रे मुन्द्रेको निजि खर्चको साथै घर खर्च समेत निस्किने गरेको बताइन्छ ।

यता डिआइजी रन्जितकारले बदनाम घुमुवा श्याम सुन्दरलाइ हटाउन साथ बिलबिलाउन थालेका बिचौलियाहरू पुन: घुमुवामा राख्न विभिन्न किसिमको प्रोपकान्ड रचेको श्रोतको दाबी रहेको छ । तर डिआइजी रन्जितकार एउटा असल र इमान्दार ब्याक्तित्व रहेको, संगठनमै चर्चाको बिषय रहेको कारण बिचौलियाहरू आफै अगाडी नसरी अर्को एक बिचौलियाको माध्यमले बदनाम घुमुवालाइ पुन: घुमुवामा खटाउन दबाब समेत दिइएको बताइन्छ ।

नेपाल प्रहरी संगठन भित्र असल र इमान्दारको रूपमा चिनिने डिआइजी उमेश रन्जितकार अगामी दिनमा बिचौलिया र तस्कर संगठन सङ्ग झुक्ने हुन कि आफ्नो इमान्दारिताका साथ अगाडी बढने हुन, हेर्न बाकी नै रहेको छ । क्रमश:

कमेन्टहरु