निर्वाचन

चार दलले टुंग्याए दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदका उम्मेदवार

नवलपुर टुडे
२०८१ कार्तिक २३ | मध्यान्ह ०४:०७ बजे

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्ष पदका लागि उम्मेदवारको टुंगो लगाएको छ ।

आउँदो मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपचुनावमा उक्त गाउँपालिकाको उपाध्यक्ष पदमा एकीकृत समाजवादीले रविना खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । यो पालिकाको उपाध्यक्ष पदमा तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले यसअघि नै उम्मेदवारको नाम टुंगो लगाइसकेका छन् ।

एकीकृत समाजवादीसँगै चार दलले उम्मेदवारको टुंगो लगाएका हुन् । कांग्रेसले पासदिकी शेर्पा, एमालेले उमा मगर शेर्पा र माओवादी केन्द्रले निमलेकी शेर्पालाई उम्मेदवार बनाउने टुंगो गरेका हुन् । 

२०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा निर्वाचित उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन भएपछि गौरिशंकरको उपाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । तामाङ कांग्रेसबाट निर्वाचित भएका थिए ।

 

कमेन्टहरु