न्यायालय

सर्वोच्चको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम अनुमोदन

नवलपुर टुडे
२०८१ कार्तिक २३ | मध्यान्ह ०२:०७ बजे

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित दुई जनाको नाम अनुमोदन गरेको छ।

शुक्रबार बसेको समितिको बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत अनुमोदन गरेको हो।

गत असोज ११ गते न्याय परिषद् बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो।

सुनुवाइ समितिले गत असोज १५ गते सूचना प्रकाशन गरेर प्रस्तावित दुई न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको थियो।

न्यायाधीश निरौलाविरुद्ध दुई वटा उजुरी परेका थिए भने पाण्डेविरुद्ध कुनै उजुरी परेको थिएन।

 

कमेन्टहरु