देश

काठमाडौको कपनबाट १० महिला सहित २९ जना जुवाडे पक्राउ, १४ लाख नगद बरामद

जगत ठाडा मगर
२०७८ असार २३ | बिहान १०:०३ बजे

काठमाडौं । काठमाडौंको कपनस्थित सिमलटारमा रहेको जुवा खालमा प्रहरीले छापा मारेर २९ जना जुवाडेलाई पक्राउ गरिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले १० महिलासहित २९ जना जुवाडेहरुलाई पक्राउ गरेको हो । जुवा खालबाट १४ लाख नगद बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।

जुवा खालबाट ३३ थान कौडा र तास बरामद गरिएको छ । उनिहरुलाई महानगरीय प्रहरी वृत बौद्धमा राखिएको छ । बौद्ध वृतमा इन्चार्ज परिवर्तन भएपछि सो क्षेत्रमा जुवा, तास र गुण्डागर्दी जस्ता क्रियाकलाप बढ्न थालेको छ ।

डिएसपी नविन कार्कीको सरुवा भएपछि बौद्धको इन्चार्जमा डिएसपी ढुण्डीराज नेउपाने आएका छन्।

कमेन्टहरु