धर्म–संस्कृति/रीतिथिति

अस्ताउदै गरेको सुर्यलाई अर्घ दिदै रामग्राम ४ का अतिथिद्वारा स्वयम् सेवकहरुलाई टिसर्ट बितरण

रामजी प्रजापती
२०८१ कार्तिक २२ | मध्यान्ह ०८:०७ बजे

रामग्राम । नेपालको बिभन्न जिल्लामा अस्ताउदै गरेको सुर्यलाई अर्घ दिदै छठ माताको पुजा आराधना भएको छ र सोहि क्रममा पश्चिम नवलपरासी को रामग्राम नगरपालिका वडा न ४ जितपुर मा छठ पुजा को कार्यक्रममा प्रमुख अतिथि चौथी प्रसाद कोहार ज्यु ले छठपर्व को सन्दर्भमा प्रस्ट पार्नु का साथै मेला ब्यवस्थापन का स्वयम सेवकहरू लाई टिसट समेत बितरण गर्नुभयको छ।

विगतमा छठ पर्व कुनै एक समुदायले मनाउँदै आए पनि आजको दिनसम्म आइपुग्दा विभिन्न जातजाति, भाषाभाषीहरुले बृहतरुपमा मनाउँदै आइरहेकोले छठ पर्व राष्ट्रिय पर्वको रुपमा विकास हुदै आएको छ। छठ पर्व नेपाल र भारतका उत्तरीय क्षेत्रमा विभिन्न जातजाति तथा भाषाभाषीहरुले मनाउने एक महत्वपूर्ण पर्व हो । यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ ।

photo 2024 11 07 20 48 02

नेपालमा विशेष रुपले तराई (मधेश) क्षेत्रमा श्रद्धा एवम् भक्तिपूर्वक यो पर्व मनाइन्छ । हाल आएर राजधानी काठमाडौं लगायत देशका विभिन्न भागमा यो पर्व मनाउने गरिन्छ ।यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन छ ।

परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ। यस पर्वमा मुस्लिम समुदायका व्यक्तिले पनि सहभागी जनाउने गर्दछन् र यो पर्व बिधिवत् मनाउँछन् । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

photo 2024 11 07 20 48 08

सूर्य उपासनासँग सम्बन्धित छठ पर्व प्रत्येक वर्ष कात्तिक शुक्ल पञ्चमी र षष्ठीका दिन मनाइने गरिन्छ । व्रत बस्नेहरू स्नान गरेर उपवास बसी आत्मशुद्धि गर्छन, जसलाई खर्ना भनिन्छ । षष्ठीका दिन नदी र पोखरीको घाटमा व्रतालुहरूले स्नान गरी बेलुकाको समयमा जलाशयमा उभिएर सूर्यलाई फलफूल, ठेकुवा र कसार अर्घ दिन्छन् ।

व्रतालु भक्तजनहरू राती धेरैजसो नदी किनारमा बास बस्छन् भने केही घर फर्किन्छन् । तर, शुद्धाशुद्धिको धेरै विचार गर्नुपर्ने भएकाले कहीँकतै अशुद्ध नहोस् भन्नेमा व्रतालुहरु सजग हुन्छन् । शुद्ध भावनाले यो व्रत गर्नाले तुरुन्त फल पनि पाइने धर्मावलम्बीहरूको विश्वास रहिआएको छ ।

photo 2024 11 07 20 48 11

त्यसकारण मनले मात्र शुद्ध नभएर सबैथोक चोखो हुनुपर्ने हुनाले व्रतालुहरूले मात्र नभई सम्पूर्ण परिवारले नै यसलाई कडाइका साथ पालना गर्ने गर्दछन् ।षष्ठीको भोलिपल्ट ब्रहृममुहूर्तमा मानिसहरू पूजा सामग्री लिएर नदी किनारमा गई स्नान गरी उदाउँदो सूर्यलाई फेरि अर्घ दिएपछि छठ पर्व सकिन्छ र प्रसाद बाँडिन्छ ।

छठको प्रसादमा उखु, केराउ, केरा, नरिवल, मिठाई, चना, ठेकुवा, कसार, कागती र अदुवा राखिन्छ । विशेषगरी शुद्ध घिउमा गहुँको पिठोबाट निर्मित ठेकुवा र चामलबाट निर्मित कसारको विशेष प्रसाद बनाइन्छ ।

छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ । केही भक्तजन भाकल अनुसार घरबाट साँझ र बिहान घर्सिंदै (दण्ड प्रणाम) नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् ।

कतिले मनोकामना पूरा भएमा नाँच नचाउने, पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्ने जस्ता कार्य पनि गर्छन् । सूर्यको प्रकाशमा भिटामिन डी प्राप्त हुने भएकाले पनि वैज्ञानिक दृष्टिकोणले यसको महत्व निकै रहेको छ ।

photo 2024 11 07 20 48 13

रामग्राम ४ को छठ पुजामा प्रमुख अतिथि चौथी प्रसाद कोहारको आतिथ्यतामा ब्यवस्थापन समितिका अध्यक्ष मन्दिप यादव , उद्घोषक दिपक सिङ क्षेत्री तथा गाउका भलाभद्र समाजसेवी तथा गाउवासीको उपस्थितिमा उद्घाटन भएको हो । अहो रात्र,दिन खटेर समितिका युवाहरु सुरुवात दिन देखि नै मिहिनेत गरेर अन्तिम सम्म काम गरिरहदा उक्त युवाहरुलाई समाज सेवि चौथी प्रसाद कोहारको तर्फबाट मनोबल बढाउनको लागि टिसर्ट बितरण गरिएको हो।

कमेन्टहरु