धर्म–संस्कृति/रीतिथिति

कपिलबस्तुमा अस्ताउंदो सुर्यलाई अर्घ दिई छठ मनाइयो

नन्द किशोर कुर्मी (लालु)
२०८१ कार्तिक २२ | मध्यान्ह ०८:०७ बजे

कपिलवस्तु, कात्तिक २२ । कपिलवस्तुमा आज अस्थाउदाे सुर्यलाई अर्घ दिई छठ पर्ब हर्ष उल्लासका साथ मनाइएको छ । जिल्लाको सदरमुकाम तौलिहवा स्थित नगरपालिकाको वडा नम्बर ३ जमुवारनदी लगायत जिल्लाको बाणगंगाको रामघाटनदी र कृष्णनगर सुरइ नदी र तालहरुमा अस्त्ाँउदो सुर्यलाई अर्घ दिई छठ पर्व मनाइएको हो ।

अर्घ दिनु अघि नदि किनारामा पुजा स्थल निमार्ण गरि प्रशोधित सामाग्री प्रयोग नभएका प्राकृतिक फलफुल र पकवानहरु पिठो र गुड बाट बन्ने ठकुवा, चामलको पिठो र गुडबाट बन्ने भुसुवा, मैदा र गुडबाट बन्ने खजुरी लगायतका पकवानका सथै उखु, नरिवल, मुला, मेवा, भान्टा, सलिफा, केरा, बेसार तथा रुखै सँगको अदुवा लगायतका सामाग्री र फलफुलको प्रसाद राखी पुजा गरिएको छ ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो ।त्यो समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ ।

लोककथन बमोजिम त्यही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व मनाउने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ ।
गत वर्षहरुको तुलनामा कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं १ स्थित पोखरीमा पनि छठ पूजा धूमधामका साथ मनाइएको छ l

उक्त स्थानमा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह,पूर्व सांसद अभिषेक प्रताप शाह, वडाध्यक्ष कृष्ण कुमार गुप्ता, लगायतले श्रद्धालु हरूको सांस्कृतिक एकताको पर्व छठमा सामेल भई शुभकामना दिएका छन्। छठको व्यवस्था मिलाउन इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक सुरज खत्री, सशस्त्र प्रहरी प्रस्तावित गुल्म कृष्णनगरका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र न्यौपाने, ट्राफिक प्रहरी कार्यालय कृष्णनगर प्रमुख ट्राफिक प्रहरी नायब निरिक्षक चुरामणी पोख्रैलको कमाण्डमा टोली खटेको थियो।

कमेन्टहरु