देश

पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख २३ हजार ५४४ जना कोरोना संक्रमित, मृतकको संख्या ४० लाख नाघ्यो

जगत ठाडा मगर
२०७८ असार २३ | बिहान ०९:०३ बजे

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख २३ हजार ५४४ जना कोरोना संक्रमित भएका छन् । यो सँगै विश्वमा कोरोना सङ्क्रमितको कुल संख्या १८ करोड ५३ लाख ५९ हजार ९८७ पुगेको छ ।

सबैभन्दा बढी ब्राजिलमा ६२ हजार ५०४ जना कोरोना संक्रमित थपिएका छन् भने त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ४३ हजार ९५७, बेलायतमा २८ हजार ७७३, कोलम्बियामा २६ हजार ७२१ जना र इन्डोनेसियामा ३१ हजार १८९ जना संक्रमित थपिएका छन् ।

साथै रुसमा २३ हजार ३७८, अर्जेन्टिनामा २१ हजार ५९०, इरानमा १६ हजार ८०, स्पेनमा १४ हजार १३७ र दक्षिण अफ्रिकामा १५ हजार ५०० संक्रमित थपिएका छन् ।

विश्वमा अहिले सम्म कोरोना सङ्क्रमणका कारण करिब ४० लाख ८ हजार ६८५ जनाको मृत्यु भई सकेको छ ।

कमेन्टहरु