देश

पाल्पाको चरचरेमा बुधबार बिहान टिपर दुर्घटना हुँदा चालकको मृत्यु

जगत ठाडा मगर
२०७८ असार २३ | बिहान ०९:०३ बजे

असिम कामु मगर
पाल्पा । पाल्पाको चरचरेमा बुधबार बिहान टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड अन्तर्गत तिनाउ गाउँपालिका वडा नम्बर ५ चरचरेको कालिमाटीमा बुधबार बिहान चुनढुंगा बोकेर बुटवलतर्फ आउँदै गरेको लु २ ख ८२० नम्बरको टिपर दुर्घटनामा परेको थियो।टिपर सडकबाट करिब एक सय ५० मिटर तल तिनाउ नदीमा खसेको छ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार दुर्घटनामा परेको टिपर चालक पाल्पाको पूर्वखोला गाउँपालिका वडा नम्बर ५ विरकोटका ३६ वर्षिय सुदीप गैरे रहेको छ।

गैरेलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको लागि लगिएको थियो। प्रहरीले टिपर तिनाउ नदीमा खसेर डुबेको अवस्थामा भेटिएकोले सहचालक वा अरू कोही उक्त टिपरमा भए नभएकोबारे खोजी कार्य भई रहेको बताए

कमेन्टहरु