आज यी प्रदेशका पहाडी भु-भागमा चट्याङसहित हल्का बर्षा

नवलपुर टुडे
२०८१ कार्तिक २१ | बिहान ०५:०७ बजे

काठमाडौँ । हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनर चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
भोलि बिहीबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।























