प्रहरी/सुरक्षा, मधेश प्रदेश, समाचार
बाराको बलिरामपुर नाकाबाट दैनिक करोडौको मालसमान आयात निर्यात, प्रहरी प्रशासन मुखदर्शक


वीरगंज २० कात्तिक । बाराको बलिरामपुर नाका हुँदै दैनिक करोडौको मालसमान आयात निर्यात भइरहेपनी स्थानीयदेखि माथिल्लो निकायका प्रहरीहरू समेत मुखदर्शक बन्न पुगेका छन । बलिरामपुर नाका हुदै कपडा र लहसुनको भारी मात्रामा तस्करी हुदा हुँदै पनि स्थानीय प्रहरीदेखि माथिल्लो निकायका प्रहरीहरू मौन धरण गरेको पाइएको हो ।
प्रहरी चौकी (मुसहर्वा)बलिरामपुर र सशस्त्र प्रहरी साइट क्यामप बलिरामपुर मात्र नभइ माथिल्लो निकायसम्म तस्करीको रकमबाट बाडफाड भए पश्चात् लहसुन र कपडाको तस्करी कार्य रूक्न नसकिएको बताइन्छ । एक जना तस्कर श्रोतले जनाए अनुसार लहसुन र कपडा तस्करहरू माथिल्लो निकायसम्म मदिरा सहित मनोरन्जनका समाग्री बुझाए बापत तस्करीको लाइन पाएको बताउछन् ।
उनका अनुसार सीमा नाकामा खटिने प्रहरीलाई ८८४८ नामक मदिराको बोतल र माथिल्लो निकायलाई मासिक रकम र महङ्गो मदिराको बोतल पुर्याए पश्चात् तस्करीको लाईन दिने गरेको बताए ।
यता एक जना प्रहरी श्रोतका अनुसार प्रहरी चौकी बलिरामपुरका प्रमुख प्रहरी नायब निरीक्षक रबिन्द्र साह तुरहाले आफू ठुलै पावर अर्थात एसपीको बिश्वासिला पात्रको रूपमा रहेको कारण जति समाचार प्रकाशित भएपनी आफुलाइ केही फरक नपर्ने एक प्रहरी अधिकृत यस अनलाईन लाई बताए । जिल्लामा शान्ती सुरक्षामा प्रहरी संगठनको काम कारवाहीमा फितलो कार्य देखिरहेकै बेला तस्करी नियन्त्रणमा समेत फितलो काम कारवाही देखिने गरेको एक भिडियो क्लिपले प्रष्ट पारेको छ ।
लहसुन र कपडा तस्कर सङ्ग मात्रै नेपाल प्रहरी र सशस्त्र प्रहरीको उच्च अधिकारीको नाममा १८-१८ लाख रूपैया उठेको खबर व्यापक रूपमा चर्चाको बिषय बन्न पुगेको छ । लहसुन तस्करबाट मात्रै १०-१० लाख रूपैया मासिक रूपमै उठेको र कपडा तस्करहरूबाट ८-८ लाख रूपैया नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भागबण्डा गरिएको श्रोतको दाबी गरेको छ ।
भारतबाट आयात हुने कपडा बिरगंजको ट्रान्सपोर्टमा पुग्ने र वीरगंजबाट चाइनिज लहसुन इनर्वागाउँ र बलिरामपुर हुँदै भारत पुग्ने गरेको स्थानीय तस्कर बिचकै एक जना नाम नछाप्ने सर्तमा बताए । प्रहरी चौकी इनर्वा गाउँका प्रहरी प्रमुखलाइ समेत मासिक ३ लाख लहसुन तस्करी बापत दिने गरेको उनले दाबी गरे । सबै प्रहरी कमान्डरलाइ मिलाए बापत मासिक करिब ५० लाख रूपैया प्रहरीमै बाडिएको दाबी गर्दै रातिको समयमा काम गर्न सहज भएको कारण र हाल बोर्डर आउट बीरगंज भन्सारका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजाल बिदामा भएको कारण पिकअप कै माध्यमले तस्करीका मालसमान कटाउन सफल भइएको उनले बताए ।























