देश

स्याङ्जाको गल्याङ नगरपालिकाद्वारा ८० घरलाई उन्नत जातको बाख्रा तथा घाँसको विउ वितरण

जगत ठाडा मगर
२०७८ असार २२ | मध्यान्ह ०६:०३ बजे

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले वडा नम्बर ६ का ८० परिवारलाई बाख्रा तथा घाँसको विउ वितरण गरेको छ ।

नगरपालिकाका किसानहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाले उन्नत जातका बोका, बाख्रा तथा घाँसको विउ वितरण गरेको हो । स्थानीयलाई आय आर्जनमा जोड्ने उदेश्यले बाख्रा बितरण गरेको नगरपालिकाले जनाएको छ । आर्थिक अबस्था कमजोर भएका नागरिकहरुलाई लक्षित गर्दै तीन वर्षे कार्यक्रम अन्तर्गत यस वर्ष वडा नं. ६ मा बाख्रा वितरण गरिएको हो ।

६ नम्बर वडा कार्यालयमा भएको कार्यक्रममा वडाध्यक्ष टिकाराम भूषालले यसबाट किसानहरुलाई आत्मनिर्भर र व्यवसायिक बनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले कृषि र पशुको क्षेत्रमा नगरपालिकाले विभिन्न योजनाहरु ल्याएको भन्दै त्यसको सदुपयोग गर्न आग्रह गर्नुभयो ।

वडाध्यक्ष भूषालले किसानलाई आवश्यक अन्य कुराहरु पनि नगरपालिकाबाट सहयोग गर्ने आश्वासन दिनुभयो । आर्थिक अवस्था व्यक्तिको आर्थिक आयआर्जन बढाउनका लागि बाख्रा वितरण कार्यक्रम उदाहरणीय भएको बताइन् । उनले बाख्रा हुर्काएर आफ्नो आयआर्जन बढाउन बाख्रा लैजानेहरुलाई आग्रह गरिन् ।

कार्यक्रममा गल्याङ नगरपालिका पशु शाखा प्रमुख सुशिल अर्यालले खरी तथा बोयर जातका बोका वितरण गरिएको जानकारी दिनुभयो। उहाँले उन्नत जातका बोकाबाट नश्ल सुधार गरी व्यवसायिक रुपमा अगाडी बढ्न सहयोग पुग्ने बताउनुभयो ।

अर्यालले बाख्राका लागि आवश्यक घाँस पनि सँगै वितरण गरी दानाको खपत कम गर्ने लक्ष्य राखिएको बताउनुभयो । सो अवसरमा सुपर नेपियर, मोलाटो, गवाटेमाला, बदामे, राइखनियो लगायतका घाँसका विउ वितरण गरिएको छ ।

कमेन्टहरु