दुर्घटना, बिश्व

उत्तराखण्ड बस दुर्घटनाः ज्यान गुमाउनेको संख्या ३६ पुग्यो

नवलपुर टुडे
२०८१ कार्तिक १९ | मध्यान्ह ०६:०७ बजे

उत्तराखण्ड । भारतको उत्तराखण्डमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३६ पुगेको छ। उत्तराखण्डको अल्मोडामा भएको दुर्घटनामा ३६ जनाको मृत्यु भएको र १५ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते भएका ३ जनालाई हेलिकप्टरमार्फत अस्पताल पुर्‍याइएको छ। उनीहरुलाई ऋषिकेशस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) र हल्द्वानीको सुशीला तिवारी अस्पताल लगिएको छ।

उत्तराखण्डको मुख्यमन्त्री कार्यालयले दुर्घटनाको अनुसन्धान गर्न निर्देशन दिएको छ।

कमेन्टहरु