दुर्घटना

अर्घाखाँचीमा कार दुर्घटना हुँदा एकको मृत्यु

नवलपुर टुडे
२०८१ कार्तिक १९ | बिहान ०६:०७ बजे

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-११ डिभर्नामा इन्डियन नं प्लेटको कार दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

ढुङ्गे देउरालीमा आज साँझ एचआर ५५ एयु ८७९३ नं को कार दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

मालारानीबाट सन्धिखर्क आउँदै गरेको कार दुर्घटना भएको र कार पूर्ण रूपमा क्षतिग्रस्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । 

 

कमेन्टहरु