देश

ठमेलको होटलमा जुवातास खेलाउने र वन्यजस्तु तस्करी धन्दामा संलग्न ४ जना चिनियाँ नागरिक पक्राउ

जगत ठाडा मगर
२०७८ असार २२ | मध्यान्ह ०३:०३ बजे

काठमाडौं । काठमाडौंमा ठमेलको होटेलमा जुवातास खेलाउने चार जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका १७ स्थित ज्याठा गल्लीभित्र होटल नै सञ्चालन गरेर जुवातासको धन्दा चलाउने चिनियाँ नागरिकलाई सोमबार ८ लाख ८९ हजार नेपाली रुपैयाँसहित महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो।

मंगलबार परिसरमा आयोजित पत्रकार सम्मेलनमा एसएसपी अशोक सिंहले ज्याठाबाट सोमबार राती साढे १० बजे ४ जना चाइनिज नागरिकलाई पक्राउ गरिएको जानकारी दिए।

photo 2021 07 06 15 14 21

उनका अनुसार पक्राउ परेका चिनियाँले आफ्नै होटल खोलेर इलेक्ट्रिक माध्यमको जुवा खेलाउँदै आएका थिए। माजुङ भन्ने प्लास्टिकको गोटी र विद्युतीय टेबल फेला पनि परेको छ,’। प्रहरीले उनीहरुबाट दुर्लभ बाघको छाला १ थान, कस्तुरीको विना २० थान, बुद्धचित्त ९ सय थान र रुद्राक्ष २ सय केजी बरामद गरेको छ।

photo 2021 07 06 15 14 20

उनीहरुले कहिले होटल सञ्चालन गरेको र कहिलेदेखि जुवा खेलाउन थालेको भन्नेबारे अझै खुलेको छैन । थप अनुसन्धान भइरहेको एसएसपी सिंहले जानकारी दिए।

कमेन्टहरु