नेकपा एमालेकी नेतृ कोमल वली भन्छिन् –”मेरा धारणा कुनै व्यक्तिप्रति लक्षित छैनन्”

जगत ठाडा मगर
२०७८ असार २२ | मध्यान्ह ०१:०३ बजे

काठमाडौं । राष्ट्रिय सभाकी सदस्य एवम् नेकपा एमालेकी नेतृ कोमल वलीले आफ्ना धारणा कुनै व्यक्तिप्रति लक्षित नभएको स्पष्ट पारेकी छिन् ।
नेतृ वलीले हिजो बसेको राष्ट्रियसभाको बैठकमा ‘बाँदरको जमात र अमृतपानको सपना’ शीर्षकमा कविता वाचन गरेकी थिईन् । उक्त कवितालाई लिएर सामाजिक सञ्जालमा निकै आलोचना भएको थियो ।
मंगलबार सामाजिक सञ्जालमार्फत उनले आफूले देश र जनताका लागि बोलेको दाबी गर्दै उनले लेखेकी छिन्–”मेरा धारणाहरु कुनै व्यक्ति प्रति लक्षित छैनन, देश समाज र जनताप्रति समर्पित छ ।”
उनले भनिन् “देश र जनताका लागि बोल्दा कलमहरु कसैलाई निरूत्साहित गर्न चल्नुपर्छ भन्ने छैन, कसैलाई निरुत्साहित गर्न व्यक्तिगत कुरा उठाएर बहादुरी पनि प्राप्त हुँदैन र यो कुरा भैातिक शरिरको अन्त्य हुनेहरुले सोच्नु पर्दछ !”






















