देश

रामग्राम नगरपालिकाको सहयोगमा ५० प्रतिशत अनुदानमा कृषि पम्पसेट तथा विधुतीय मोटर वितरण

जगत ठाडा मगर
२०७८ असार २१ | मध्यान्ह ०३:०३ बजे

ज्ञानेश्वर सहानी
नवलपरासी । रामग्राम नगरपालिकाको सहयोगमा मागमा आधारित सिचाई कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा पम्पसेट तथा विधुतीय मोटर कृषकहरुलाई कृषि यन्त्रहरु वितरण गरिएको छ ।

photo 2021 07 05 15 00 58

रामग्राम नगरपालिकाका नगर प्रमुख नगेन्द्र गुप्ताको प्रमुख अतिथ्यतामा सो नगरपालिकाका वडा न.१ देखि १८ का गरी २६ जना किसानहरुलाई ५० प्रतिशत अनुदानमा उक्त कृषि यन्त्रहरु वितरण गरिएको हो । कृषकहरुलाई कृषि यन्त्र वितरण कार्यक्रममा प्रमुख अतिथि एवं रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र गुप्ताले ति कृषकहरुलाई कृषि यन्त्रहरु वितरण गर्नु भयो ।

photo 2021 07 05 15 00 59

रामग्राम नगरपालिकाकाले कृषिमा आधुनिकरण गर्न र कृषकहरुलाई व्यवसायिक बनाउन नगर भित्रका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ । एक अनौपचरिक कार्यक्रमबिच ति कृषक र समुहहरुलाई नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले कृषि उपकरण वितरण गर्दै यसको भरपुर उपयोग गरि उत्पादनमा बृद्धि गर्न कृषकहरुलाई आग्रह गर्नु भयो ।

photo 2021 07 05 15 01 01

कृषकहरुलाई कृषि यन्त्र वितरण गर्दै प्रमुख अतिथि तथा रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र गुप्ताले यस यन्त्रहरुको भरपुर सदुप्योग गरि उत्पादन बढाउन कृषकहरुलाई आग्रह गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथि गुप्ताले यो यन्त्रहरु पाएका किसानले यसलाई घरमै नथन्काई यसको भरपुर लाभ लिई व्यवसायिक कृषि खेती गर्ने र बढि भन्दा बढि उत्पादन गरि आय आर्जनलाई मजबुद बनाउन सुझाव दिनु भयो ।

photo 2021 07 05 15 00 57

वितरण गरिएको उपकरणमा १८ पिस पम्पसेट तथा ८ पिस विधुति मोटर लगायतका उपकरणहरु रहेको रामग्राम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेश पन्थीले जानकारी दिनु भयो ।

कमेन्टहरु