देश

सुजिताको हत्यारा तुरुन्तै पक्राउ गरि कार्बाहीको माग गर्दै स्थानियद्धारा शव लैजान दिएन्, पूर्व पश्चिम राजमार्ग अवरुद्ध

जगत ठाडा मगर
२०७८ असार २१ | मध्यान्ह ०२:०३ बजे

चितवन । पूर्वी चितवनको राप्ती ३ बाट ९ देखि अपहरण परी मृत अवस्थामा भेटिए २३ वर्षीया सुजिता भण्डारीको हत्यारा छिटो पत्ता लगाउन माग गर्दै पूर्व पश्चिम राजमार्गको अवरुद्ध गरेका छन् । सुजिताले न्याय पाउनु पर्छ, घटनाको सत्यतथ्य छानबिन होस भन्ने नाराबाजीसहित आक्रोशित बनेका स्थानियहरुले सडक अवरुद्ध गरेका हुन् ।

विशेष अनुसन्धान टोलीको स्थलगत अनुसन्धानपछि थप अनुसन्धानका गर्न पोष्टर्माटम गर्न शव लैजादै गर्दा स्थानियहरुले राजमार्ग अवरुद्ध गराएका हुन् । प्रहरीले १० दिन वितिसक्दा समेत राम्रो अनुसन्धान नगरेका कारण सुजिता मारिएको भन्दै प्रहरी प्रशासन विरुद्ध उनीहरुले कडा आक्रोश व्यक्त गरेका थिए ।

आक्रोशित स्थानियहरुको भिडले राप्ती नगरपालिका ३ स्थित राजमार्ग नारावाजीसहित अवरुद्ध गर्दा सो क्षेत्र तनावग्रस्त बनेको थियो । सडकमा ट्रक तेर्साएर स्थानीयहरुले नारावाजी छिटो हत्यारा पक्राउ गरि सार्वजनिक गर्न माग गरेका छन् ।

सुजिता भण्डारीको शव मृतावस्थामा आइतबार साँझ स्थानीय ब्रह्मस्थाानी सामुदायिक वनमा शव फेला परेको हो । उनी असार ११ गतेदेखि हराइरहेकी थिईन् । असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन ।

उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् । जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गलेको अवस्थामा फेला परेकोे छ । वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु