देश

कुखुराको भालेले मालिकको हत्या गरेको अभियोगमा भाले पक्राउ

जगत ठाडा मगर
२०७८ असार २१ | मध्यान्ह ०२:०३ बजे

एजेन्सी । आज सम्म मानिससँग जोडीएका घटना तथा अपराध, प्रहरी तथा अदालतको बारेमा सुनेकै छौ । तर, एउटा कुखुराको भालेलाई आफ्नो मालिकको ज्यान लिएको अभियोगमा पक्राउ गर्ने भएको छ ।

वास्तवमा कुखुराले अन्जानमा गरेको गल्तीले मालिकको ज्यान गएको हो । कुखुरा नै मालिकको हत्यारा भएको प्रहरीको आरोप छ ।घटना भारतको तेल गंगाको हो । लथुनर गाउँमा भएको घटनापछि कुखुरालाई प्रहरीले अदालतमा पेश गर्ने जनाइएको छ ।

तर प्रहरीले भने भाले अपराधि भएपनि पक्राउ गर्ने बारेमा नसोचेको बताइरहेको छ । २२ फरबरीमा दुईटा भाले जुधिरहेका थिए । सोही क्रममा एउटा आफ्नै भालेको खुट्टटामा बाधिएको चक्कुले लागेर मालिकको कम्मरको तल्लो भागमा चोट लागेको थियो । चक्कुको प्रहारबाट घाइते भएका मालिकको उपचारको क्रममा निधन भएको हो ।

एक रिपोर्टको अनुसार ४५ वर्षीय थानुगुल्ला सतीशले प्राय भालेको खुट्टामा एक विशेष प्रकारको चक्कु बाधिदिएका हुन्थे । त्यसै क्रममा गल्तीले भालेको खुट्टामा रहेको चक्कु सतिश तिरै तेर्सिएको थियो । चक्कुले काटेपछि उनको शरीरबाट धेरै रगत बगेको थियो । उनलाई अस्पताल लगिए पनि बचाउन सकेन ।

त्यसपछि तेलगंगामा कुखुराको लडाई गर्न नै प्रतिवन्ध गरिएको छ । निषेध हुदाँहुँदै पनि केही मानिसहरु लुकेर भाले जुधाई गर्दै आएका थिए । अब भालेलाई अदालतमा पेश गर्ने निर्णय गरिएको छ ।

कमेन्टहरु