राष्ट्रिय गौरवका ठूलो जलविद्युतका आयोजना सम्पन्न, आजै INPS मा प्रशारण गरिदै

जगत ठाडा मगर
२०७८ असार २१ | बिहान ०९:०३ बजे

काठमाडौ । बहुप्रतिक्षित राष्ट्रिय गौरवको हालसम्मकै ठूलो जलविद्युत आयोजना ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीबाट आज २०७८/३/२१ गते साझदेखि सम्पुर्ण निर्माण कार्य सम्पन्न भै बिजुली उत्पादन गरि राष्ट्रिय विद्युत प्रसारण ग्रीड प्रणाली( INPS) मा प्रशासरण गरिदैछ ।
जसको समुद्घाटन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने योजना रहेको छ । ३ दिन अगाडि मात्र समुन्द्रटार त्रिशुली ३ बी हब १३२ के.भी प्रसारण लाइन र सबस्टेशनको सम्माननीय प्रधानमन्त्रीले उद्घाटन गर्नुभएको थियो ।
प्रधानमन्त्रीले ४५६ मेगावाटको अर्को बिशाल परियोजनाको उद्घाटन गर्दै हुनुहुन्छ ।






















