मायादेवीमा हिन्दू युवा शक्तिको नगर कमिटी गठन : अध्यक्षमा देवेन्द्र वर्मा

जगत ठाडा मगर
२०७८ असार १९ | मध्यान्ह ०९:०३ बजे

कपिलवस्तु, असार १९ । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका स्तरीय हिन्दू युवा शक्तिको नगर कमिटी पकडीमा गठन भएको छ ।
देवेन्द्र वर्मा को अध्यक्षतामा ११ सदस्यि कमिटी गठन भएको छ । शनिबारको दिन हिन्दू युवा शक्तिको मायादेवीमा एक कार्यक्रमका बिच हिन्दू युवा शक्ति जिल्ला अध्यक्ष फागुराम पाण्डेय ज्यु को अध्यक्षता तथा हिन्दू युवा शक्ति जिल्ला कोषाध्यक्ष मनिराम कुर्मी र महासचिव विषणु प्रसाद तिवारीको प्रमुख आतिथ्यमा नगर कमिटी गठन गरिएको छ ।
हिन्दू युवा शक्ति कपिलवस्तु काे मायादेवी नगर कमिटी मा जुड्ना र सहकार्य गर्ने इच्छुक व्यक्तिले याे ९८०७९४९६४१ नम्बर मा फाेन गर्नुहाेस । हिन्दू युवा शक्ति कपिलवस्तुले आग्रह समेत गरेकाे छ।






















