कीर्तिपुरमा पौराणिक लाल हिरा कथामा देवी नाँच प्रदर्शन


कीर्तिपुर । कीर्तिपुरमा करिब ३ सय वर्ष पुरानो देवी नाँच (देव प्याखं) प्रदर्शन गत कार्तिक १ गते सम्पन्न भएको छ । कीर्तिपुरको तः ननि टोलका संस्कृतिप्रेमी युवाहरूको सकृयतामा परापूर्वकालदेखि चलाउँदै आइरहेको दाफा भजनमा आधारित देवी नाच बिजयादशमीको टिकाको दिनदेखि शुरूभएको थियो ।
कीर्तिपुरको द्यो ढोकामा नाच देखाएपछि र बाघभैरव मन्दिर परिसरमा नासः द्यः अर्थात नाट्येश्वर अगाडि नासः ग्वारा गायनमा नाच प्रर्दशन गरिएको थियो ।
कोग्राजत पुर्णिमाका दिन चिलन्चो ९जगतपाल महाबिहार० अवस्थित हिरामुनि बज्राचार्यको आगन घरमा तन्त्र विधाको गुरूको रूपमा नाच प्रदशर्न गरिएको थियो । यस देवी नाच पौराणिक लाल हिरा कथा बृहस्पतिले इन्द्र सुनाएको ‘बियोगान्त’ कथामा आधारित रहेको छ । लाल ‘केटा’ र हिरा ‘केटी’ पात्रबीच विछोड भएको अवस्थामा हिरा ‘केटी’ ले श्री इन्द्रायणी माताको अराधना गरि लाल प्राप्त भएपछि विछोड जोडीलाई मिलन गराएको उपलक्ष्यमा इन्द्रायणी माताको अराधना गरी नाचको रूपमा नाच देखाउने परम्परा रहेको छ ।
एक समय लोप हुने अवस्थामा पुगेको यस नाच आजभन्दा करिब पाँच बर्ष अगाडि कीर्तिपुरका तःननि टोलका संस्कृति प्रेमी जागरूक युवाहरूको अग्रसतामा नयाँ पिढीहरूलाई हस्तातरण गरिएको थियो ।
करिब २२ बर्ष अगाडि युवाहरूलाई देवी नाच प्रशिक्षण गराई नव युवाहरूलाई देवी नाच प्रशिक्षण पश्चात प्रदर्शन गराएको तःननि दाफा खलःका अध्यक्ष दिलिप महर्जनले जानकारी गराए । उनका अनुसार अहिले यस नाच निरन्तरताका लागि इन्द्रायणी ३ जना ब्रम्हायणी ३ भैरव दुई जना ख्याः २ जना कवं २ जना, दागिनी १ पो ३ जना पात्रहरू देवगणहरू तयारी अवस्थामा रहेको जनाए ।























