मानवअधिकार, मुख्य समाचार, विचार/ब्लग, समाचार, समाज, साहित्य, सुदुरपश्चिम प्रदेश

वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल र दलित सहयोग समाजद्वारा केदारस्युँमा कृषकहरुलाई तालिम

प्रशान्त बोहरा
२०८१ कार्तिक ७ | बिहान ११:०७ बजे

बझाङ । कृषकहरुले उब्जायका अर्गानिक फलफुल, तरकारी, दाल आदिइत्यादि बजार सम्म पुर्याउन सहयोग गरुन ,कृषकहरुलाई बजार सहजकर्ताहरुले विभिन्न किसिमका ज्ञानसिप सिकाउन भन्ने उद्श्यले उक्त कार्यक्रम सञ्चालन गरकाे परियाेजना संयाेजक रमेश मालीले बताउनु भयाे । उक्त कार्यक्रममा बजार सहजकर्ताहरुलाई ५ सिपका ५१ सुचक ४ चरण र सबल पक्ष कम्जोर पक्ष, अवसर र बाधाका बारेमा परियाेजना संयाेजक मालिले प्रशिक्षण गराएर तालिम दिनुभएकाे थियाे । 

केदारस्युँ गाउँपालिका वडा नम्बर २,३,६,७ र ८ का १ वडाबाट ३ जना गरि जम्मा १५ जनाले उक्त तालिम लिएका थिय । आजकाे समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनिषा धामीले किसानहरुलाई बजारीकरणमा सहयाेग पुर्याएकाेमा धन्यवाद व्यक्त गर्दै  स्थानीय बजार सहजकर्तालाई सकृय र लगनशील भएर काम गर्न प्रेरणा दिनुभयाे ।

त्यस्तै गाउँपालिका अध्यक्ष गणेश बाेहराले पनि दलित सहयाेग समाजकाे  काम प्रति खुसि व्यक्त गर्दै उनिहरुकाे उदेश्यलाई सार्थक बनाउन आउँदाे साल बैसाख महिना भित्रै काेल्ड स्टाेर निर्माण गर्ने बताउनुभयाे । साथै उहाँले सम्पूर्ण बजार सहजकर्ता लाई आफुँपनि व्याबसायी बन्न अनुराेध गर्नु भयाे ।

उक्त तालिमलाई सहजीकरण दलित सहयोग समाजका मिल  महेश नेपाली, सामाजिक परिचालक सत्यराज कोईराला, सुरेश नेपाली  र कल्पना दमाईले  गर्नु भएको थियो ।  कार्यक्रमकाे अन्तमा  २ दिने तालिमले हामिलाई हाम्रो काम कर्तव्य र स्थानीय मूल्य वृद्धि  शृङ्खलामा अझ प्रस्ट बनाएकाे उक्त कार्यक्रममा  सहभागी भएका जय बहादुर गुर्धामिले बताउनुभएकाे छ ।received 2695571443937786

कमेन्टहरु