तस्कर

सशस्त्र प्रहरी कृष्णनगरद्वारा तीन हजार अबैध चल्ला नष्ट

प्रमोद सहनी
२०८१ कार्तिक ६ | बिहान ११:०७ बजे

कृष्णनगर, कार्तिक ६ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १२ ठकुरापुरबाट अबैध रूपमा भित्रिदै गरेको करिब तीन हजार चल्ला सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णनगरले नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी सहायक निरिक्षक माधव प्रसाद घिमिरेको कमाण्डमा खटिएको सात जनाको गाडि मोबाइल टोलीले रात्रि २ बजेको समयमा भारतबाट अबैध रूपमा भित्रिदै गरेको बोइलर कुखुराको चल्ला नियन्त्रणमा लिएको हो । उक्त चल्लाको अनुमानित मूल्य तीन लाख हुन आउने कृष्णनगका सशस्त्र प्रहरी नायब उपरिक्षक शैलेन्द्र न्यौपानेले जानकारी दिए। बरामद चल्ला नियन्त्रणमा लिई प्रस्तावित गुल्म कृष्णनगरको कम्पाउण्ड भित्र खाल्डो खनि स्थानीय, जनप्रतिनिधि, पत्रकार, पशु क्वारेन्टाइन प्रतिनिधि, प्रहरी लगायतको रोहबरमा नष्ट गरिएको हो ।

IMG 5078

सशस्त्र प्रहरी बल कृष्णनगरले सीमामा हुने अबैध गतिविधि नियन्त्रण तथा विभिन्न समयमा अबैध रूपमा भारतबाट नेपाल भित्रिने कपडा, चानी, मैदा, माछा, मोटरपार्टस, लगायत विभिन्न अबैध  सामान आवश्यक कार्यवाही गरि आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको स्थानीयले बताएका छन्।

कमेन्टहरु