रौतहटमा जङ्गली हात्तीको आक्रमणले दुई ठाउँमा क्षति स्थानियमा त्रास


सिताराम साह
असाढ १९ ,रौतहट । रौतहट जिल्लाको माधव नरायणमा एक घरमा हात्तीले क्षति पुरयाएका छन । जङ्गलबाट आएको जंगली हात्ती माधव नरायण नगरपालिका–५ मिठुवा टोल ७ बस्ने माजिद मंसुरीको खपराबाट छाएको घरको भिता भत्काएको पिडित मंसुरी बताएका छन ।

त्यस्तै गरुडामा गएराती हातीले एक घर भत्काएको छ । रौतहटको गरुडा नगरपालिकाको वडा नम्बर ५ स्थित शिवनगर महादेवस्थानका रामविलास बैठाको घरमा जंगली हातीले आक्रमण गरि घर तोडफोड गरेको छ । गएराती बैठाका परिवार सुतिरहेको अबस्थामा एक्कासी हातीले आक्रमण गरेको र घरमा लगाइएको भित्ता भत्काएर अन्नपात खाएको बैठाले बताउनु भयो ।
तत्काल क्षतिको अनुगमन तथा निरिक्षण गरि क्षतिपुर्ति दिनु पर्ने स्थानियले माग गरेको छन । रौतहटको मध्य भागमा जंगली हात्ती प्रबेश गरि स्थानियलाई आतंक मच्चाउदा समेत प्रशासनले बेवास्ता गरेको स्थानियको भनाई रहेको छ ।

जंगली जनावरहरुले किसानहरुले लगाएका अन्नबालीमा समेत क्षति गर्दै आएको भएपनि जिल्ला वन कार्यालय रौतहटले त्यसको नियन्त्रण तथा आरक्षलाई जिम्मा लगाउने काम गर्न नसकेको स्थानियले आरोप लगाएका छन ।






















