उनले जनसभालाई सम्बोधन गर्नु अघि पत्रकार भेटघाटको क्रममा माओवादी केन्द्र २०८४ को निर्वाचनमा २०६४ कै जनमतमा फर्किने बताए। ‘सरकारलाई हनिमुन पिरियडसम्म विरोध गरेनौं र गर्दैनौ पनि’, अध्यक्ष दाहालले भने,‘जनताका समस्या सडक र सदनबाटै घनिभुत रूपमा उठाइरहन्छौ।’
पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले पहिलो र दोस्रो शक्तिलाई प्रतिपक्षमा बस्न बाध्य पार्नु संघीयता विपरित कार्य भएको समेत उल्लेख गरे। उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचारीलाई धमाधम कारबाही गर्न थालेपछि अभियुक्तहरू पक्राउ पर्न थालेको देखेर बालकोट र बुढानिलकण्ठ तर्सिएको आरोप लगाए।
उनले वर्तमान केपी शर्मा ओेली नेतृत्वको सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको र भ्रष्टाचार गर्नेलाई प्रोत्साहित गरेको पनि आरोप लगाए।

























