भन्सारका सूचना अधिकारी लेखनाथ भट्टराईले तस्करी भएको सूचनाका आधारमा गस्ती गर्दा २ वटा मोटरसाईकलमा भित्र्याइएका १ सय ५० थान तयारी कुर्ता सुरुवाल र ६० थान कुर्ता सुरुवालको कपडा बरामद भएको बताए। गस्ती टोलीलाई देखे पछि मोटरसाईकल चालक भने भागेका थिए। सुरक्षा स्रोतका अनुसार सो सामान स्थानीय बिनोद गुप्ताको रहेको बुझिएको छ।
भन्सार प्रमुख फणिन्द्र खतिवडाले तस्करी बढे पछि भन्सार गस्ती बढाइएको बताए। तस्करीले गर्दा राजस्व असुलीमा समेत असर परेको उनको भनाइ छ। तर, प्रहरी उपरिक्षक निरजञ्न दत्त भट्टले तस्करी रोक्न सीमा क्षेत्रमा युनिटलाई कडा निर्देशन दिएको दाबी गरे।
सीमा क्षेत्रमा भारतबाट किरानाका सामान, इलेक्ट्रिक र कस्मेटिक सामान, कपडा, चिनी मलखाद लगायतका सामाग्री तस्करहरुले भित्र्याउने गरेका छन्। यस्तै नेपालबाट लसुन किबी लगायतका सामानहरु भारत तर्फ तस्करी गरी पठाउने गरिएको छ।

























