देश

दलित हत्या हिंसाको विरुद्ध आन्दोलन चर्किदै

नवलपुर टुडे
२०७७ भदौ २० | मध्यान्ह १०:०५ बजे

धनुसा / रौतहटको विजय रामलाई प्रहरीले हत्या गरेको लगायत शृंखलाबद्ध दलितहरुको हत्या हिंसाको विरुद्ध धनुषामा विरोध प्रदर्शन भएको छ।

संयुक्त दलित संघर्ष समिति प्रदेश नंबर २ को संयोजक चन्देश्वर दासको नेतृत्वमा हजारौको संख्यामा दलित समुदायको उपस्थित सहित विरोध प्रदर्शन साथै आमसभा गरिएको थियो ।

उक्त सभालाइ दलित नेता पच्चु माझि मुसहर, गंगा पासवान, सत्रुघन महरा, महिल नेतृ हिरादेवी दास तथा मानवाधिकारवादी विनोद महरा लगायतको वक्ताहरुले संबोधन गरेका थिए, दलित समुदायको हत्यामा संगलग्न दोषीलाइ कार्वाही नभए सम्म आंदोलन निरंतर जारि रहने घोषणा गरिएको छ ।

118913414 317138396031402 8302116518448557779 n

कमेन्टहरु