देश

सिरहामा पहिलो चरणको रोपाइँ सुरु

जगत ठाडा मगर
२०७८ असार १९ | मध्यान्ह ०४:०३ बजे

बिनोद मण्डल
सिरहा । सिरहाको उत्तरी भेगमा पर्ने साविक गाउँविकास समिति विष्णुपुरकटी तथा हाल धनगढीमाई १२ भौगोलिक विकटता भएको ठाउँ मानिन्छ जहाँ साविकमा खाने पानीको लागी इनार कुवा, खोला प्रयोग गरिएको थियो ।

बस्तीबाट टाढा रहेको खोला विगतमा पानीको एक मात्र विकल्प रहेको थियो । वर्षाको समयमा मात्र पनि १,२ दिन बगेर सुक्ने खोलाको कारण यस ठाउँमा सुखा खेती अन्तर्गत उखु, सुर्ती, र कोदो विगतमा गर्ने चलन हुनुका साथै आँसु र गदर खेतीमा मानिसहरू भर पर्ने गरेको थियो ।

अवस्था परिवर्तन सँगै अहिले गदर खेती हराएको छ भने यतिबेला यहाँका मानिसले आषाढ महिना भरी थोरै पानी जम्ने खेतीमा आँसु धान लगाउने गरेको छ । आशु खेतिसंगै धानको बीउ उमारेर खाउर लगाउने गरेको छ । आँशु रोपेपछि कार्तिकसम्म फलेपछि काटिन्छ तर ठाउँनुसार रोपाइँ फरक पर्ने भएकोले यस ठाउँमा खाउर भन्नाले सुरुमा धानको बीउ राखेपछि उम्रिन्छ बीउ रोप्न योग्य भएपछि त्यसलाई पुन हिलो अर्थात् कदबा पारेर पुन रोपिन्छ ।

त्यसपछि करिब २१ दिनसम्म छोडेर हरियो भएपछि दोश्रो पटक रोप्ने चलनलाई यस ठाउँमा खाउर भनिन्छ ।
खाउर रोपेपछि धान बढी फल्ने विश्वास मानेका यस ठाउँमा विउले मात्र रोप्दा बाला सानो हुने विश्वास रहेका किसानले आजभोली आधुनिक किसिमले रोपाइँका चलन अपनाउन थालेका छन् भने बाढीको दुवान मुक्त क्षेत्रको रूपमा रहेको यस गाविसमा पहिलो चरणको खेती सुरु भएको वडा अध्यक्ष राजु श्रेष्ठले बताएका छन् ।

कमेन्टहरु