पहिरोले घर पुरिंदा गोरखामा एकै परिवारका दुई जनाको मृत्यु

जगत ठाडा मगर
२०७८ असार १९ | बिहान ११:०३ बजे

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–७ मा पहिरो गएर घर पुरिंदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय जौवारीको प्रहरी टोली र स्थानीयले उनीहरु दुवैको शव फेला पारी बाहिर निकाली सकेका छन् ।
आज बिहान १० बजेतिर शव बाहिर निकालिएको गाउँपालिका अध्यक्ष राजु गुरुङले जानकारी दिए ।






















