घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
हिमाली गाउँपालिकामा आज शोक विदा


धनगढी, कार्तिक ०२। हिमाली गाउँपालिका आज श्रद्धाञ्जली तथा शोक विदा दिएको छ। यस हिमाली गाउँपालिकामा नर्सिङ अधिकृत एवम् स्वास्थ्य शाखा प्रमुख पदमा कार्यरत प्रेमकला मल्लको यहि मिति २०८१ साल असोज ३० गते भएको अल्पायु मै अकल्पनीय निधन बाट समग्र हिमाली गाउँपालिकालाई अपुरणीय क्षति भएको छ। यसबाट हामी सबै गाउँपालिका कार्यालय अर्न्तगत जनप्रतिनिधी तथा कर्मचारी परिवार मर्माहत भएका छौं । दिवंगत आत्माको चिर शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गरेको हिमाली गाउँपालिकाले जनाएको छ।
दुःखको क्षणमा उहाँको आत्माको चिरशान्ति र बैकुण्ठ बासको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना सहित गहिरो समवेदना प्रकट गरेको छ।
मृतक प्रेमकला मल्ल प्रति श्रद्धानञ्जली अर्पण गर्न आजको दिन अत्यावश्यक सेवा बाहेक पालिका अन्तर्गत गाउँ कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालयहरु र स्वास्थ्य संस्था, शिक्षण संस्थाहरुमा शोक विदा दिईएको हिमाली गाउँपालिका कार्यालयले जानकारी दिएको छ।


















