नयाँ पुस्ता सहयोग समाजद्वारा छपियाका गरिब परिवारलाई खाद्यान्न र कपडा वितरण


कृष्णा गिरी
रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिका ३ र छापिया ५ मा अत्यन्तै गरीब दु:खी घर परिवारलाई नयाँ पुस्ता सहयोग समाजद्वारा खाद्यान्न र कपडा वितरण सम्पन्न गरिएको छ । उक्त कार्यक्रम नयाँ पुस्ता सहयोग समाजका संस्थापक, सचिव तथा २०२१/२०२२ को उपाध्यक्ष समेत रहनु भएका याम सागर बस्याल ज्यूको अध्यक्षतामा सम्पन्न भयो ।

नयाँ पुस्ता सहयोग समाजका कोषाध्यक्षमा आदर्श पाण्डे, महेश ज्ञवाली, सुवर्ण खराल, चेतमाया जिसीको उपस्थिति रहेको थियो । यस कार्यक्रमको संयोजक महेश ज्ञवाली हुनुहुन्थ्यो र कार्यक्रमको स्थलगत अध्यन चेतमाया जिसी र प्रभु चौधरी ज्यूले गर्नुभएको थियो ।
यस नयाँ पुस्ता सहयोग सामाजिक संस्थामा आर्थिक सहयोग गर्ने आदर्णिय ब्यतिवो चेतमाया जिसी तथा यस संस्थाको सदस्य महेश ज्ञवाली ज्यूले गर्नु भएको थियो । यस संस्थालाई राहत वितरण कार्यक्रममा प्रत्यक्ष अपर्तक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाताहरुलाई नयाँ पुस्ता सहयोग समाजको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्दछौं ।






















