देश

पश्चिम नवलपरासीमा बैंकर्स क्लव परासीद्वारा विराेध प्रदर्शन

जगत ठाडा मगर
२०७८ असार १८ | मध्यान्ह ०८:०३ बजे

सुरेश यादव

नवलपरासी । समाजिक सुरक्षा कोष विरुद्ध आज पश्चिम नवलपरासीका सबै बैंकका कर्मचारी आन्दोलित भएका छन् । बैंकर्स क्लब परासीको आयोजनामा शुक्रबार बैंकका कर्मचारीहरुले सदरमुकाम परासीमा विरोध र्याली निकालेका छन् ।

IMG 20210702 204309 835

कालो मास्क लगाएर उनीहरुले विरोध जनाएका छन्। खाईपाई आएको सेवा सुविधासमेत खोसिने गरी कोषमा आवद्ध गराउन लागिएको भन्दै आन्दोलनमा उत्रन बाध्य भएको बैंकर्स कल्ब परासीका अध्यक्ष प्रकाश भण्डारीले बताउनुभयो ।

IMG 20210702 204335 020

सामाजिक सुरक्षा योजनाविरुद्ध आफूहरुले विभिन्न माग अघि सारेको र उक्त माग सम्बोधन नभएसम्म विरोधका कार्यक्रम जारी रहने प्रदर्शनमा सहभागी बैंकका कर्मचारीहरुले बताएका छन् । कोषले बैंकका कर्मचारीहरुलाई पनि अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषमा आउन भनेपछि विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु आन्दोलित भएका हुन् ।

IMG 20210702 204337 268

बैंकका कर्मचारीले विगत देखि नै सामाजिक सुरक्षा कोषमा आबद्ध हुनको लागि असहमति जनाउँदै आएका थिए । निषेधाज्ञाका बिच बैंकका कर्मचारीले र्याली निकालेर कोण सभामा गर्न थालेपछि वुद्धचोकमा प्रहरीले कोणसभा गर्न रोक लगाएको थियो ।

IMG 20210702 204338 915

IMG 20210702 204341 864

IMG 20210702 204343 585

कमेन्टहरु