मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, सूचना / प्रबिधि
पाँडीमा टेलीफोन टावर निर्माणकार्य ढिलासुस्ती


धनगढी, असोज ३०। दुर्गम पाँडी गाउँमा नेपाल टेलीफोन टावर निर्माणकार्यमा ढिलासुस्ती भएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ पाँडी गाउँको लेकडाडा बन्दै गरेको टेलिफोन टावर निर्माणकार्यमा ढिलासुस्तीले काम भएको छ। २०८० पुष महिना टेलिफोन टावर निर्माण गर्न सुरु गरेपनि अहिलेसम्म निर्माणाधीन टेलिफोन टावर निर्माण काम दस महिनासम्म सोलार र ब्याट्री जोड्ने काम मात्र गरिएको छ। टेलिफोन टावर बन्न लागेको महिनौंसम्म हुँदा सम्म पनि अहिलेसम्म टावर निर्माणकार्य सम्पन्न हुन सकेको छैन।
टेलिफोन टावर निर्माणकार्य सुरु भएपछि गाउँका सबै मान्छेहरू खुशी भएका थिए। टावर बन्न लागेको देख्दा अब एक दुई महिनापछि टेलिफोनमा जोडिने भयौं भनेर गाउँका सर्वसाधारण हर्ष भएका हुन। टेलिफोन टावरको निर्माणकार्य गर्नेकाम गर्न अझै बाकी हुँदा स्थानीय चिन्ताजनक समेत रहेका स्थानीय अनन्त रावलले बताएका छन।
गाउँका १ सय ४५ घरधुरी ७ वर्षदेखि टेलिफोन बाट बन्चित भएका छन। जसले गर्दा गाउँ अधिकास मान्छे आफ्ना आफन्त संग कुराकानी देखि सूचना प्राप्त गर्ने फोनका कारणले जटिल समस्या परेका छन। टावर बन्ने आशामा रहेका अधिकास स्थानीय काम अलपत्र अवस्था हुदा चिन्ताजनक रहेकोे छन। टेलिफोन टावरको निर्माणका काम अधुरो भएको छ। टेलिफोन टावर काम सम्पन्न हुन नसक्दा अझै गाउँका टेलिफोन सेवा टाढा महसुस भएको स्थानीय रावलले बताए।
गाउँमा टेलिफोन टावर समस्या हुँदा गाउँ भन्दा बाहिर आउने र जाने आफ्ना आफन्त संग फोन सम्पर्क सेवाबाट बिहिन रहेका छन। अहिले पनि फोन गर्न गाउँ भन्दा डाडा काडा चढेर आफ्न् संग कुराकानी गर्न बाध्यता रहेकोे छ। २१ औं शताब्दी ईन्टरनेट जमाना भएपनि अहिले गाउँ ईन्टरनेट पहुँचमा कुरै छैनन् फोन सेवाबाट पनि टाढा रहनुपर्ने अवस्था रहेकोे छ। गाउँ भन्दा बाहिर अथवा जिल्ला बाहिरका आफ्ना आफन्तले फोन संजाल गरेर तत्काल गाउँमा खबर दिनुपर्ने अवस्था हुँदा पनि गाउँमा टेलिफोन टावरको जटिल समस्या भोग्नुपरेको स्थानीय हर्कबहादुर रोकायाले बताएका छन।
विगतदेखि फोन सेवाबाट बन्चित भएपनि पछिल्लो समयमा टेलिफोन टावर निर्माण गर्न सुरु गरेको हुँदा गाउँका धेरै स्थानीय मान्छेहरू खुसी व्यक्त गरेका थिए। फोन अब केही महिना चालु होला भन्ने टेलिफोन टावर अहिलेसम्म पनि निर्माणकार्य महिनौं बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। १० महिनासम्म टेलिफोन टावर निर्माणकार्य सम्पन्न नहुदा फोन सेवाबाट बन्चित हुने पर्ने बाध्यता रहेकोे छ। जसका कारणले गाउँका सानाठूला सबैको हातमा मोबाइल भएपनि टेलिफोन सेवा समस्या भएकै कारणले गाउँमा फोन मार्फत कुराकानी गर्ने समस्या भएको स्थानीय रोकायाले बताएका छन।
उहाँले भन्नुभयो, “ टेलिफोन टावरको सामग्री पुगिसकेको छ।” यहीँ कार्तिक महिनाको तिहार अगाडी कामलाई निरन्तर गरिने नेपाल टेलिकम कार्यालय बाजुराका प्रमुख लोक बहादुर खड्काले बताउनुभयो।























