लगातारको अविरल वर्षाका कारण देशका विभिन्न भागमा दुबान
kushal
२०७८ असार १८ | मध्यान्ह ०७:०३ बजे

बिनोद मण्डल
सिरहा । कोरोना संक्रमण बढिरहेको अवस्थामा एउटा विपतिको पाखा लगाउन नपाउँदै अर्को प्राकृतिक विपति शुरू भएको छ ।
संक्रमणको कारणले जोखिममा परेका अाम मानिसलाई राहत दिन नसकेको अवस्थामा सरकारले यो दुःखद घडीमा राहत वितरण कसरी गर्ला चिन्ताको विषय बनेको छ ।
घर भत्किएको, पुल भत्किएको, सडकमा डाईभर्सन बगाएको अनि गाउँघर हिलाम्य भएको, कोशी नदीकाे बहाव बढेको र राजनीतिक खिचातानी भइरहेको वर्तमान समयमा अाम जीवन सुरक्षाको लागि सचेतता अपनाउनु नै उत्तम विकल्प हुन सक्छ ।
हाम्रो देश यतिबेला जटिल मोडमा उभिएको छ ।
अविरल वर्षाका कारण चितवन जिल्लाको रत्ननगर नगरपालिका वडा नं ८ रमाइलो डाँडाको सुकुम्बासी बस्तीमा जोखिम बढेकोले नेपाल प्रहरीकाे सहयोगमा एक महिलालाई उद्दार गरिएको छ । बाढीको जोखिम बढेकोले सयमता अपनाउनुपर्ने देखिन्छ ।






















