नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध , प्रहरी भन्छ- बाटो खुल्न अझै केही घण्टा लाग्छ


चितवन । पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध भएकाले सवारी साधनहरुको लामो लाइन लागेको छ।
इलाका प्रहरी कार्यालय मुग्लिन प्रहरीका अनुसार नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चार ठाउँमा खसेको पहिरोका दुईतर्फी नै सडक अवरुद्ध भएको छ। १४ किलो भन्ने स्थानमा खसेको ठूलो ढुंगा पन्छाउन सकि रहेको छैन । पन्छाउने काम जारी रहेकाले सडक खुल्न केही घण्टा लाग्न सक्ने प्रहरीले जनाएको छ ।
इच्छाकामना गाउँपालिका-६ चारकिलो भन्ने स्थानमा पनि ठूलो पहिरो गएको छ । त्यो हटाउन झण्डै तीन-चार घण्टा समय लाग्ने प्रहरीको भनाइ छ । जल विरेको पहिरो हटाएर हाल एकतर्फी सवारी साधन सन्चालन हुने बनाइएको छ ।
यसैगरी पूर्व–पश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्डअन्तर्गत गैंडाकोटमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध बनेको सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । सडकको दक्षिण भागमा नयाँ डाइभर्सन निर्माण गरेर २१ घण्टापछि शुक्रबार बिहान ९ बजेदेखि सवारी साधन एकतर्फी सञ्चालनमा ल्याइएको हो ।






















