मर्स्याङ्दी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने पुल भत्कायो

जगत ठाडा मगर
२०७८ असार १८ | बिहान ११:०३ बजे

गोर्खा । अविरल वर्षापछि मर्स्याङ्दी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने मर्स्याङ्दी नदीस्थित पुलमा भत्किएपछि आवत जावत बन्द भएको छ।
गोरखा नगरपालिका वडा नम्बर १२ र तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ एक्लेफाँट जोड्ने झोलुंगे पुलको एकातर्फ क्षति पुगेको छ।
गोरखा नगरपालिका वडा नम्बर १२ का अध्यक्ष रामबहादुर खड्काका अनुसार पुलको एकातर्फको जिप बगाएको छ।
पुलको एक्ले फाँट तर्फको जिप भासिएको छ। पुलमा क्षति पुगेपछि मानिसहरू मर्स्याङ्दी नदी पार गरेर पृथ्वीराजमार्गसम्म पुग्न सकेका छैनन्।
पुलमा नदीले बगाएर ल्याएका ढुंगामुढा रोकिएका छन्। यसले नदि आसपासका बस्तीहरु जोखिममा पारेको छ।






















