बाढी/पहिरो, मुख्य समाचार, यातायात, विचार/ब्लग, समाचार, सुदुरपश्चिम प्रदेश

सेतो पहिरोले किसानको बालीमा पु-याएको नोक्सानीको क्षतिपुर्ती बुंगल नगरपालिकाले दिने दीर्घकालीन रूपामा सडक सञ्चालन गर्ने गरी मौखिक सम्झौता भएको मेयर धामीको भनाई ।

प्रशान्त बोहरा
२०८१ अशोज २१ | बिहान ११:०६ बजे

बझाङ । केदारस्युँ गाउँपालिकाको बाग्थला  देखि बुंगल नगरपालिका प्रवेश गर्ने बिजगडा सडक खण्डको  चिउरीको रूख नजिकै सडक माथिबाट आएको पहिरोले स्थानीय किसानको बालीमा पु-याएको  नोक्सानीको क्षतिपुर्ती बुंगल नगरपालिकाले दिने भएको छ ।

 सडक माथिबाट पहिरो जादा सडक बन्द हुनुका साथै स्थानीको खेतीबालीमा नोक्सानी भएपछि सो को क्षतिपुर्ती बुंगल नगरपालिकाले दिन लागेको हो । यस अघि बेलाबेलामा पहिरोका कारण सडक अवरुद्ध हुनुका साथै किसानको खेतीबालीमा पनि क्षती भएपछि किसानहरूले  आफ्नो खेतीबालीमा भएको नोक्सानीको  क्षतिपुर्ती माग गर्दै  सडक खुलाउन दिएका थिएनन् । त्यसपछि बुंगल नगरपालिकाले पहिरोले खेतीबालीमा क्षती पु-याएका किसानलाई बालिको क्षतिपुर्ती दिने र केदारस्युँ गाउँपालिकाले नहर निर्माण गरिदिने सहमति भएको थियो ।

सोही सहमति अनुसार बुंगल नगरपालिकाले किसानहरूलाई  क्षतिपुर्ति दिन लागिएको बुंगल नगरपालिकाका नगर प्रमुख जय बहादुर धामीले बताउनुभयो । क्षतिपूर्ति बुङ्गल नगरपालिकाले दिने गत असार २९ गते  भएको सहमति बमोजिम किसानलाई क्षतिपुर्ती दिनको लागि बुंगल नगरपालिकाका नगर प्रमुख धामीले असोज १८ गतेका दिन बुंगल नगरपालिकाका अमिन र कृषि प्राविधिक  सहित स्थानीय जग्गा धनी र प्रहरी प्रशासनको उपस्थितिमा जग्गा नापजाँच गरी  जिल्ला सरकारी रेट–दर अनुसार खेतीको क्षतिपूर्तिको यकिन भ्यालुएसन गरिसकेको पनि बताएका छन् ।

साथै उक्त ठाउँमा सडक पहिरोका कारण दीर्घकालीन रूपामा संचालन गर्न नसकिने हुँदा  स्थानीय जग्गा धनीहरूले अहिलेको सडक (पहिरो) मुनिको खेतबाट नयाँ सडक दिने कुराको मौखिक सहमतिका साथै  प्रतिबद्धता जाहेर गर्नुभएको नगर प्रमुख धामीले बताउनुभएको छ । 

कमेन्टहरु