देश

प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच टेलिफोन सम्वाद

जगत ठाडा मगर
२०७८ असार १८ | बिहान ०८:०३ बजे

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र विपक्ष समूहका नेता माधवकुमार नेपालबीच टेलिफोन सम्वाद भएको छ।

संस्थापन समूहले केन्द्रीय कमिटिको बैठक राखेको अघिल्लो साँझ अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच टेलिफोन सम्वाद भएको नेताहरुले जानकारी दिएका छन्।

संस्थापन समूहले आज (शुक्रबार) बिहान ११ बजे केन्द्रीय कमिटि बैठक बोलाएको छ। तर उक्त बैठकमा सहभागी नहुने माधव समूहले अडान लिएको छ।

ओली र नेपालबीच शुक्रबार पनि संवाद हुन सक्ने सम्भावना छ। सकभर प्रत्यक्ष भेटवार्ता नभए पनि टेलिफोन संवादले नै निरन्तरता पाउने नेताहरुको भनाइ छ।

माधव समूहका नेताहरुले आजको केन्द्रीय कमिटिको बैठक स्थगित गरेर एकताका लागि संवाद गर्न संस्थापन समूहलाई सुझाव दिएका छन्।

कमेन्टहरु