देश

कपिलवस्तुमा अबैध भैंसी बरामद

जगत ठाडा मगर
२०७८ असार १८ | बिहान ०८:०३ बजे

धनी राम काेरी
कपिलवस्तु । कपिलवस्तु नगरपालिका वडा नं.४ पिपरी स्थित नहरबाट प्रहरीले अबैध भैंसी बरामद गरेको छ ।

भारतबाट भैंसीहरु खरिद गरी अवैध तरिकाले नेपाल ल्याई नेपाल भारत सिमावर्ती ईलाका नजिकबाट लु २ च ७४६० नं.को पिक अप भ्यानमा लोड गरी ल्याउँदै छ भन्ने गोप्य सुचनाको आधारमा खोजतलास गर्दै जांदा गाडी भित्र २ वटा पाडा र २ वटा भैसी लोड गरेको अवस्थामा फेला पारी गाडी र चालकलाई प्रहरीले नियन्त्रण लिएको प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनु भयाे ।

अबैध रुपमा भैंसी बरामद गरि आवश्यक कारवागरीकाे लागि भन्सार कार्यालय पठाईएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताउनु भयो ।

कमेन्टहरु