अर्थ, कृषि, जीवनी, देश, धर्म–संस्कृति/रीतिथिति, प्रदेश, बाढी/पहिरो, मधेश प्रदेश, मानवअधिकार, मुख्य समाचार, रोजगार, शिक्षा, समाचार, समाज
‘द हुमन लभ च्यरिटी फाउण्ड’द्वारा नवरात्रीमा फलफूल वितरण

जगरनाथपुर । विभिन्न विपन्न वर्ग तथा गरीब समुदाय लाई सहयोग गर्दै आएको The human love charity/fund ले नवरात्री व्रत बसेका भक्तहरुलाई फलफूल वितरण कार्यक्रम सम्पन्न गरेको छ।
गरीब समुदायलाई सहयोग गर्ने उद्देश्यले स्थापित The human love charity/fund संस्थाले आज धोबिनी गाँउपालिकाका वडा नं.५ को,ठूलो धोबिनी,सानो धोबिनी तथा जगरनाथपुर टोलमा फलफूल बितरण गरेकोछ।
यस संस्थाका संस्थापक- एजाज अंसारी भन्नुहुन्छ” मैले एक्लै सुरु गरेको यो संस्थामा अहिले धेरै जना सदस्य जुडि सक्नु भएको छ धेरै ठाउँ बाट सहयोग पनि पाइरहेको बताए। सुरु देखि अहिले सम्म हामीले लगभग ६० जन्ना विपन्न वर्गलाई सहयोग गरिसकेको कुरा यश संस्थाका सह-संस्थापक डा.महम्मद इमरान अंसारीले बताए।संस्थापक अंसारी अहिले कतारमा हुनुहुन्छ र यो संस्था विदेशमै बसेर चलाउँदै हुनुहुन्छ।
आजको कार्यक्रम सदस्य मुस्ताक अंसारी,म.रिजवान अंसारी,विकास कुमार साह तथा अजय पटेलको सहयोगमा भएको थियो । The human love charity/fund का सबै सदस्यहरूले यस विपन्न वर्ग तथा महत्त्वपूर्ण चाडको अवसरमा सहयोग र सामुदायिक सेवामा सक्रिय रहन पाएकोमा खुसी व्यक्त गरे।
यस कार्यक्रमले स्थानीय समुदायमा भाइचारा र सहयोगको भावना अझ प्रगाढ बनाउने विश्वास गरिएको छ।























