सहिद स्मृती सामुदायिक अस्पताललाई नेता कण्डेलद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण


नवलपरासी/ १७ असार । नेपाली काङ्ग्रेसकाे केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेलले आज पश्चिम नवलपरासीकाे बर्दघाट नगरपालिका १२ चाैपतामा अवस्थित सहिद स्मृती सामुदायिक अस्पतालमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ ।
बिस्वब्यापी रुपमा बिकराल बनेको कोरोना महामारीबाट नेपाल र यहाँका गाउँ गाउँहरु पनि अछुतो नरहेको बर्तमान परिवेशमा नेता कण्डेलले यस अघि पनि सामुदायिक अस्पताल तथा जिल्लाका बिभिन्न पालिकाका स्वास्थ्यचौकीहरुमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिसक्नु भएको छ ।
आज एक कार्यक्रमका बिच सहिद स्मृती सामुदायिक अस्पताल बिकास समिति अध्यक्ष निमानन्द न्यौपानेलाई १ थान अक्सिजन कन्सन्ट्रेसन मेशिन र N95 माक्स हस्तान्तरण गर्नुभएको हाे।
नेता कण्डेलले कोभिड – १९ संक्रमण रोकथाम तथा नियन्त्रणका निम्ति सक्रियता देखाउनुहुने जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुप्रति आभार प्रकट गर्नु भएको हाे ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रीय संगठन विभाग सदस्य माेहन प्रसाद शर्मा , नेपाली काङ्ग्रेस बर्दघाट नगर सभापति सम्भु श्रेष्ठ र नेपाली काङ्ग्रेस काेभिड जिल्ला संयाेजक अनाेज यादव लगाएतकाे सहभागीता रहेको थियो ।






















