देश

पश्चिम नवलपरासीमा शुक्रबारदेखि सार्वजनिक सवारी साधन सञ्चालन

जगत ठाडा मगर
२०७८ असार १७ | मध्यान्ह ०८:०३ बजे

सुरेश यादव
नवलपरासी । पश्चिम नवलपरासीमा भोली(शुक्रबार ) देखि सार्वजनिक सवारी साधन संञ्चालनमा आउने भएको छ ।

शुक्रबारदेखि बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म भौतिक दुरी कायम गरी सवारी साधन सञ्चालनमा ल्याईने जिल्ला प्रशासन कार्यालयले सुचना जारी गरी जानकारी गराएको छ । आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी यात्रुहरुबिच भौतिक दुरी कायम गरी यातायात सञ्चालनको निर्णय गरिएको हो ।

जोर गते जोर नम्बर र बिजोर गते विजोर नम्बरका आधारमा यात्रुवाहक सवारी साधन सञ्चालन गर्न दिईने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।

कमेन्टहरु