५० प्रतिशत अनुदानमा तानसेनका कृषकलाइ कृषि औजार तथा उपकरण वितरण


पाल्पा । तानसेन नगरपालिकाले नगर परिसरका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औजार तथा उपकरण वितरण गरिएको छ ।
तानसेनभित्रका कृषि तथा उद्यमशीलतामा क्रियाशिल युवा तथा महिलालाई नगरपालिकाको ५० प्रतिशत अनुदानमा हाते ट्रेक्टर, कम्बाइन मिल र कटर वितरण गरेको हो ।
तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले कृषि औजार तथा उपकरण वितरण गर्दै कृषि क्षेत्रको विकासबाट नगरपालिकाले आफ्नो पहिचान कायम गर्न खोजेको बताउनुभयो ।
तानसेन नगरपालिकालाई तरकारी, दुध र मासुमा आत्मनिर्भर बनाउने लक्ष्य रहेकाले नगरपालिकाले किसानलाई मल, बिउ तथा उपकरणमा सहुलियत दिन तयार रहेको बताउनुभयो ।
शाहीले नगरपालिकाले विभिन्न संघसंस्थासँग मिलेर समेत कृषि, पशुपालन र कृषि उद्यम गर्नेलाइ प्राेत्साहन गर्न बैँककाे जमानी बसेर अभिभावकत्व ग्रहण गरेकाे उल्लेख गर्नुभयाे ।
कृषि उपकरण वितरण कार्यक्रममा नगर उपप्रमुख लक्ष्मीदेवी पाठक, प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेय, वडा अध्यक्षहरू, सूचना अधिकारी दुर्गाबहादुर थापा, सामाजिक विकास शाखा प्रमुख भरत आचार्य, लेखा प्रमुख काेशलराज घिमिरेको समेत सहभागिता रहेकाे थियाे ।
कृषि तथा पशु शाखाका दानबहादुर कँवरका अनुसार नगरपालिकाले कृषक समूह, सहकारी तथा व्यक्तिलाई समेत उत्पादन र मागका आधारमा ३० वटा हाते ट्रेक्टर, १४ वटा कम्बाइन मिल र १७ वटा कटर वितरण गरेका हुन् ।






















