घटना, मुख्य समाचार, विचार/ब्लग, समाचार, सुदुरपश्चिम प्रदेश
बैतडीको पाटनमा एकजना मृत फेला
प्रशान्त बोहरा
२०८१ अशोज १७ | मध्यान्ह ०५:०६ बजे

बैतडी, असोज १७ । बैतडीको पाटनमा एकजना मृत फेला परेका छन् । पाटन नगरपालिका–६ का ६२ वर्षीय खडकसिंह भण्डारी मृत अवस्थामा फेला परेका हुन् ।
बुधबारदेखि हराइरहेका भण्डारी बिहीबार बिहान ९ बजेतिर सुर्नया नदीको किनार तिपडीगाड भन्ने स्थानमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए ।
मृतक भण्डारीको शव पोष्टमार्टपछि आफन्तले बुझिसकेका छन् । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।























